बलिउड अभिनेता शाहरूख खानको फिल्म 'डंकी' प्रदर्शनको तयारीमा छ।
प्रदर्शन मिति नजिकिएसँगै फिल्मको प्रचारप्रसार पनि तीव्र गति भइरहेको छ। फिल्मको अग्रिम टिकट बुकिङ राम्रोसँग बिक्री भइरहेको छ। यही कारणले गर्दा फिल्मको शुरूवातीमा दर्शकको संख्या बढ्ने अनुमान छ।
'जवान' र 'पठान' फिल्मपछि 'डंकी' फिल्ममा दर्शकको आशा बढिरहेको छ। शाहरूखको यी दुई फिल्मले बक्स अफिसमा सबै रेकर्ड तोडेको थियो। 'डंकी' फिल्ममा अग्रिम टिकट बुकिङको सिलसिला चलिरहेको छ। अग्रिम टिकट बुकिङको लागि हाल १ करोड भारू कारोबार भएको छ। फिल्मको प्रचारप्रसार दुबई र लण्डनमा समेत भइरहेको छ। लण्डनमा फिल्म शुटिङ भएको थियो।
फिल्मको निर्देशक राजकुमार हिरानीले २० वर्षपछि शाहरूखसँग काम गरेका हुन्। उनले बलिउडमा धेरै हिट फिल्महरू निर्देशन गरेका छन्।
यो फिल्मले टिकट बुकिङको मामिलामा 'सलार' लाई पछि पारेको भारतीय मिडियाहरूमा उल्लेख छ। यो फिल्म भन्दा अगाडि 'सलार' फिल्मले अग्रिम टिकट बुकिङ खुला गरेको थियो। 'सलार' फिल्मले १२ घण्टामा १ करोड भारू कारोबार गरेको थियो। तर 'डंकी' ले ५ घण्टामा १ करोड भारू अग्रिम टिकट बुकिङ गरेको हो।
फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ।
यो फिल्म २१ डिसेम्बरदेखि रिलिज हुँदैछ।