यतिबेला अभिनेत्री तृप्ती डिमरी चर्चा बटुलिरहेकी छन्।
सन्दिप रेड्डीले निर्देशन गरेको 'एनिमल' मुख्य पात्र बनेकी अभिनेत्री रश्मिका मन्दानाभन्दा धेरै प्रतिक्रिया तृप्तिले पाइरहेकी छन्।
अहिले तृप्तिको पारिश्रमिकको बारे खुलासा भएको छ।
भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार तृप्तिले फिल्मका लागि ४० लाख भारू पारिश्रमिक लिएकी थिइन्।
तर उनले फिल्ममा बलियो अभिनयका लागि अन्य कलाकार भन्दा एकदम थोरै पारिश्रमिक लिएकी टिप्पणी भइरहेका छन्।
एनिमलबाट रणवीरले ७० करोड भारू, रश्मिकाले ४ करोड, अनिक कपूरले २ करोड र बबी देओलले ४ करोड पारिश्रमिक लिएका थिए।
तृप्तिले यो फिल्ममा अभिनय गरेपछि आइएमडिबीको ‘लोकप्रिय भारतीयहरू’ को सूचीमा शीर्ष स्थान प्राप्त गरेकी छन्।
बलिउडका धेरै फिल्ममा मुख्य पात्र बनेर अभिनय गरिसकेकी तृप्तिले यतिबेला सहायक पात्र बनेपछि चर्चामा आएकी हुन्।
रश्मिकालाई सन् २०२० मा गुगलले 'नेसनल क्रश' घोषित गरेको थियो। यो उपाधि अहिले तृप्तिले लिएको दर्शकको प्रतिक्रिया छ।
उनको बारेमा सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया आइरहेका छन्। उनले ‘लैला मज्नु, कला, बुलबुल’ लगायत फिल्ममा अभिनय गरेकी छन्।