कलाकारलाई दर्शकको मनमा बस्न सोचेको जस्तो सहज छैन। उनीहरूले आफ्नो सय प्रतिशत दिएपनि कहिलेकाहीँ पछाडि परिरहेका हुन्छन्। तर उनीहरूको अभिनय भने दमदार गरेका हुन्छन्।
बलिउडका धेरै फिल्ममा मुख्य पात्र बनेर अभिनय गरिसकेकी अभिनेत्री तृप्ति डिमरी यतिबेला सहायक पात्र बनेपछि चर्चामा आएकी छन्।
पछिल्लो समय सामाजिक संजालमा तृप्तिले चर्चा बटुलिरहेकी छन्। बलिउड फिल्म 'एनिमल' मा सहायक पात्रको भूमिका निर्वाह गरेकी उनी चर्चामा आएकी हुन्। उनले फिल्ममा गरेको बोल्ड अभिनयको कारण अभिनेत्री रश्मिका मन्दानालाई पछि पारेको प्रतिक्रिया आइरहेको छ। रश्मिकालाई २०२० मा गुगलले नेशनल क्रश घोषित गरेको थियो। यो उपाधि तृप्तिले लिएको दर्शकको प्रतिक्रिया छ।
उनको बारेमा सकारात्मक, नकारात्मक दुवै खाले प्रतिक्रिया आइरहेको छ। बिहानदेखि बेलुकासम्म उनको मोबाइलमा दर्शकको हजारौं म्यासेज आइरहेको छ। जसको कारण आफूले राम्रोसँग निदाउन नपाएको उनले बताएकी छन्।
दर्शकले पठाएको प्रतिक्रिया म्यासेज देखेर उनी खुशी भएको देखिन्छ। सन्दिप रेड्डीले निर्देशन गरेको यो फिल्ममा उनले जोया पात्रको भूमिका गरेकी छन्। यो फिल्ममा काम गरेपछि उनको जीन्दगी यात्रामा परिवर्तन आएको बताउँछिन्। साथै उनले 'लैला मजन्नु, कला, बुलबुल' लगायतको फिल्ममा अभिनय गरेकी छन्।