आम मानिसले बुझेको जस्तो छैन कलकारिता यात्रा। धेरै संघर्षपछि एक कलाकार आफ्नो लक्ष्यमा पुग्न सफल हुन्छ।
कलाकारले अभिनयसँगै व्यक्तिगत जीवनमा हुने महत्वपूर्ण कुराहरूलाई त्यागेर कलाकार यात्रामा आएका हुन्छन्। बलिउडमा यस्ता कलाकार छन् जसले अभिनय यात्राको लागि घरपरिवार नै छोडिदिए। उनी हुन् 'बाहुबली' का चर्चित पात्र कटप्पा। उनको वास्तविक नाम सत्यराज हो।
उनी सानैदेखि अभिनय गर्न रूचाउँथे। उनका बाबु चिकित्सक थिए। यसैले उनलाई राम्रोसँग पढेर अभिनयबाहेक अन्य काम गर्न परिवारको दबाब थियो।
उनले परिवार र अभिनय यात्रालाई रोज्नुपर्ने अवस्था आयो। उनले अभिनय यात्रालाई रोजे। अभिनयको सुरूवाती यात्रामा उनलाई आर्थिक रूपमा समस्या बनायो। उनले आफूसँग भएको जग्गा बेचेर समस्याको समाधान गरेको भारतीय संचारमाध्यममा उल्लेख छ।
उनले बलिउड तथा दक्षिण भारतीय फिल्ममा काम गरिसकेका छन्। उनी 'चेन्नई एक्सप्रेस' मा दीपिका पादुकोणको बाबु पात्रको भूमिकामा थिए। यस फिल्ममा उनको भूमिका सानो भएपनि दमदार अभिनय थियो। जसको कारण उनी हिन्दी दर्शकमाझ परिचित भएका छन्।