बलिउड अभिनेत्री सारा अली खान र कार्तिक आर्यन प्रेमसम्बन्धको कारण चर्चामा आइरहन्छन्।
उनीहरूले ब्रेकअप गरेपनि बेला बेलामा चर्चा भइरहन्छ। यसैबीच उनीहरू एउटै फिल्ममा काम गर्ने भएका छन्।
भारतीय संचारमाध्यमका अनुसार उनीहरू 'भूल भुलैया ३' मा सँगै काम गर्ने भएका हुन्। यो फिल्म अर्को वर्ष प्रदर्शन हुनेछ। फिल्मको कहानी तयार भइसकेको छ।
सन् २०२० मा उनीहरूले 'लभ आजकल' मा पहिलोपटक एकसाथ काम गरेका थिए।
'भूल भुलैया २' ले राम्रो सफलता हासिल गरेपछि निर्माण टिमले यो फिल्म बनाउन लागेका हुन्। निर्माता तथा निर्देशक करण जोहरको शाे 'कफी विथ करण' मा साराले कार्तिक आफ्नो राम्रो साथी रहेको बताएकी थिइन्। उनीहरू सँगै फिल्ममा देखिने खबरले दर्शक उत्साहित भएका छन्।