बलिउड फिल्म 'एनिमल' प्रदर्शन भएपछि दर्शकले खुब रूचाएका छन्। फिल्ममा अभिनेता रणवीर कपूरको मुख्य भूमिका रहेको छ भने अभिनेता बबी देओल खलनायकको भूमिकामा देखिएका छन्।
बबीले खलनायकको भूमिकामा दमदार अभिनय गरेका छन्। उनको अभिनयको पहिलोपटक यतिधेरै चर्चा बटुलेको छ। उनी आफ्नो अभिनय देखेर भावुक भएका छन्। यतिबेला बलिउडले राम्रो खलनायक पाएको चर्चा भइरहेको छ।
उनीसँगै थुप्रै कलाकार खलनायकको भूमिका निर्वाह गरेर चर्चामा आएका छन्।
प्राण
बलिउड अभिनेता प्राणले थुप्रै फिल्ममा खलनायकको भूमिका निर्वाह गरिसकेका छन्। दर्शकले उनलाई खलनायकको बादशाहको रूपमा पनि चिन्छन्। उनले 'मधुमती' र 'राम र श्याम' लगायतको फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन्।
अमजद खान
उनको पनि खलनायक भूमिका गज्जबकै थियो। उनको अभिनय मात्र होइन उनको संवाद पनि अझै यादगार छन्। 'अरे ओ साम्भा, कितने आदमी थे?' यो संवाद आजसम्म पनि दर्शकको मुखमा झुन्डिएको छ। 'शोले' फिल्ममा उनले गब्बर सिंहको भूमिका निर्वाह गरेका थिए।
कादर खान
कादर खान बलिउडमा खलनायकको भूमिकामा कम देखिए। तर पनि खलनायकको भूमिकाले उनी अझै चिनिन्छन्। उनी अभिनयसँगै स्क्रिप्ट लेखक र निर्देशक समेत हुन्।
प्रेम चोपडा
उनी बलिउडका चर्चित खलनायक हुन्। उनले करिब ३८० वटाभन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन्। उनी प्राय खलनायकको भूमिकामा देखिन्थे। उनलाई फिल्मको नायक भन्दा खलनायकको रूपमा चिन्छन्।
गुलशन ग्रोवर
गुलशन ग्रोवर अधिकांश फिल्ममा खलनायक बनेका छन्। उनले धेरै हिट फिल्ममा काम गरेका छन्।
डेनी डेन्जोन्पा
डेनी डेन्जोन्पा बलिउडका सबैभन्दा स्टाइलिस खलनायक हुन्। उनले धेरै फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन्। प्राय उनी देशको राजनीतिक, द्वन्द्वको कथामा बनेको फिल्ममा देखिन्छन्।