भारतीय टेलिशृंखला 'सिआइडी' का कलाकार दिनेश फडनिस अस्पताल भर्ना भएका छन्।
गतशुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा भेन्टिलेटरमा राखिएको भारतीय संचारमाध्यमले बताएको छ।
उनलाई हृदयाघात भएको खबर फैलिएको थियो। तर दयाका भूमिकामा देखिने दयानन्द शेट्टीले उक्त कुरा झुटो भएको बताएका छन्। उनले दिनेशको बिरामीबारे भने खुलाएनन्।
दिनेशलाई बिरामी भएपछि अस्पतालमा 'सिआइडी' को पुरै टिम पुगेका छन्। दिनेशले 'सिआइडी' सँगै अन्य टेलिशृंखला र फिल्ममा अभिनय गरेका छन्।