मोडल तथा डान्सर जार्जिया एन्ड्रियानीले बलिउड अभिनेता अरबाज खानसँगको प्रेम सम्बन्ध तोडेकी छन्।
उनले एक अन्तर्वार्तामा अरबाजसँग प्रेममा नरहेको बताएकी छन्। उनीहरूले आपसी सहमतिमा नै सम्बन्ध तोडेका थिए।
आफ्नो प्रेम सम्बन्ध तोडिएपनि उनीहरू एकअर्काको राम्रो साथी रहेको बताउँछन्। उनीहरूको सम्बन्ध छुट्नुको कारण अभिनेत्री मलाइका अरोडा रहेको भन्दै अफवाह फैलाइएको थियो। अरबाजकी पूर्वश्रीमती हुन् मलाइका।
भारतीय सञ्चारमाध्यम पिंकभिलालाई दिएको अन्तर्वार्तामा उनले मलाइकालाई झुटो आरोप लगाइएको बताएकी छन्।
'अरबाजको मलाइकासँग जुन सम्बन्ध थियो। त्यसले हाम्रो सम्बन्धमा कुनै असर गरेन। उनीहरूको सम्बन्ध धेरै पहिले टुंगिएको थियो' उनले भनिन्, 'अरबाज र मैले आपसी सहमतिमै अलग हुने निर्णय लिएका हौं।'
उनीहरूको स्वभाव एकदम फरक रहेको कारण सम्बन्ध तोडिएको बताइएको छ।
'सम्बन्ध तोड्न सहज थिएन। त्यति नै मुस्किल भइरहेको थियो सम्बन्धमा बस्न पनि। त्यसैले छुटिनु दुवैको लागि राम्रो हुन्छ भन्ने लाग्यो,' उनले भनिन्।
सम्बन्ध तोडेपछि आफूले स्वतन्त्र महसुस गरेको उनले बताएकी छन्। उनीहरू ४ वर्ष प्रेमसम्बन्धमा बसेका थिए।