बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको प्रेमकथा रोचक छ।
उनीहरूको आज पाँचौं बिहे उत्सव हो। उनीहरूको लागि आजको दिन खास छ। उनीहरूले सन् २०१८ डिसेम्बर १ मा विवाह गरेका थिए। दर्शकले उनीहरूको जोडीलाई खुब रूचाउँछन्।
उनीहरू पहिलोपटक एक कार्यक्रममा भेटेका थिए। प्रिंयका गायक केविन जोनससँग एक शोमा गएकी थिइन्। यतिबेला प्रियंकाले थाहा पाएकी थिइन्, केविन र निक दाजुभाइ हुन्।
केविनको कारण उनीहरू नजिक भए। उनीहरूले एक-अर्कासँग कुराकानी गर्न थाले। एक-अर्काको सल्लाह सुझाव पनि लिए। यसपछि उनीहरूको प्रेम सुरू भयो। उनीहरूले दुई वर्षसम्म डेट गरेपछि विवाह गरेका थिए।
पछिल्लो समय निक मधुमेह रोगसँग लडिरहेका छन्। मधुमेह रोग लागेका निकलाई प्रियंकाले एकदम संवेदनशील भएर हेरचाह गर्छिन्। उनीहरू आफ्नो कलासँगै यस्तै कुराहरूले पनि दर्शकको मन जित्न सफल छन्।