बलिउड अभिनेता सलमान खानकी भान्जी अलिजेह अग्निहोत्रीको डेब्यू फिल्म 'फर्रे' प्रदर्शन भइरहेको छ।
यो फिल्म २४ नोभेम्बरदेखि प्रदर्शन भएको हो। यस फिल्मलाई भारतीय फिल्म समीक्षकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। तर फिल्म बक्स अफिसमा कमजोर सावित भएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले घरेलु बक्स अफिसमा तीन दिनमा २ करोड १८ भारू कमाएको छ। यो फिल्मले ५ लाखमा ओपनिङ गरेको थियो। फिल्ममा सलमान खानको समेत लगानी छ।
सौमेन्द्र पढी निर्देशित फिल्ममा अलिजेहसँगै रोनित रोय, जुही बाबर, हिमान्शु शर्मालगायत कलाकारको अभिनय छ।
अलिजेह सलमानकी बहिनी अलविरा खान अग्निहोत्री र अभिनेता तथा निर्माता अतुल अग्निहोत्रीको छोरी हुन्। उनी २२ वर्षकी भइन्।
सन् २०१९ मा नै अलिजेहले सलमानको फिल्म 'दबंग ३' बाट डेब्यु गर्न लागेको चर्चा थियो।