सुन्दर देखिन बलिउडको अभिनेत्रीहरूले प्लास्टिक सर्जरी गर्छन् भन्ने धेरैलाई थाहा छ। तर सुन्दर देखिन सर्जरी गर्ने दक्षिण भारतीय अभिनेत्रीहरूको पनि कमी छैन।
उनीहरू पनि आफूलाई आकर्षक देखाउन विभिन्न किसिमका प्लास्टिक सर्जरी गर्छन्। दक्षिण भारतीय अभिनेत्री नयनतारादेखि लिएर कीर्ति सुरेशसम्मले प्लास्टिक सर्जरी गरेका छन्।
प्लास्टिक सर्जरी गर्ने दक्षिण भारतीय अभिनेत्रीहरूको चर्चा गरौं-
नयनतारा
तमिल फिल्मकी अभिनेत्री नयनताराले आफ्नो लुकमा निकै परिवर्तन ल्याएकी छन्। उनले आफूलाई आकर्षक देखाउन ओठको सर्जरी गरेकी हुन्।
सामन्था रूथ प्रभु
दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुले पनि आफूलाई सुन्दर देखाउन प्लास्टिक सर्जरी सहारा लिएकी छन्। उनले नाकको सर्जरी गरेकी हुन्।
काजल अग्रवाल
काजल अग्रवालले पनि आफ्नो नाकको सर्जरी गरेकी छन्। काजल पछिल्लो समय फिल्म 'मोसागलु' मा देखिएकी थिइन्।
तृषा कृष्णन
तमिल फिल्मकी अभिनेत्री तृषा कृष्णनले आफ्नो सुन्दरता बढाउनको लागि नाकको सर्जरी गरेकी छन्।
अनुष्का शेट्टी
'बाहुबली २' की अभिनेत्री अनुष्का शेट्टीले आफ्नो शरीरको बोसो घटाउनको लागि प्लास्टिक सर्जरीको सहारा लिएकी छन्। उनले शरीरको पछाडि भाग र पेटको बोसो घटाएकी हुन्।
कीर्ति सुरेश
अभिनेत्री कीर्ति सुरेशले फिल्म 'सरकारु वारी पाटा' प्रदर्शन हुनुभन्दा अगाडि ओठको सर्जरी गरेकी थिइन्। यो फिल्म गतवर्ष प्रदर्शन भएको थियो। फिल्ममा उनीसँगै महेश बाबुको मुख्य भूमिका छ।
श्रुति हासन
दक्षिण भारतीय अभिनेत्री श्रुति हासनले आफूले प्लास्टिक सर्जरी गरेको बताएकी थिइन्। उनले सन् २०१२ मा नाकको सर्जरी गरेकी हुन्।
(बलिउड लाइफको सहयोगमा तयार पारिएको)