बलिउड अभिनेत्री आलिया भट्टलाई फिल्म 'स्टुडेन्ट अफ द इयर' बाट अभिनेता सिद्धार्थ मल्होत्रा र वरूण धवनले हटाउन चाहेको कुरा खुलासा भएको छ।
निर्देशक करण जोहरको शो 'कफी विथ करण' को ८ औं सिजनमा सिद्धार्थ र वरूण पुगेका थिए। उनीहरूले डेब्यू गरेको फिल्म 'स्टुडेन्ट अफ द इयर' बाट आलियालाई हटाउन चाहेको बताएका हुन्।
करणले निर्देशन गरेको फिल्ममा आलियाको सिद्धार्थ, वरूण र आलियाको मुख्य भूमिकामा थिए। उनीहरूले आलियालाई देखेपछि फिल्म नराख्न सल्लाह दिएका थिए।
यो फिल्म बन्नुअघि आलिया फिल्मको लागि करणलाई भेट्न गएकी थिइन्। करणसँग सिद्धार्थ र वरूण थिए। उनीहरूले आलियाको फोटोसूट मात्रै देखेका थिए। तर उनीहरूले आलियाको अभिनयको बारेमा जानकारी थिएनन्।
आलिया सानै उमेरको हुँदा फिल्ममा नराख्न करणलाई उनीहरूले म्यासेज गरेका थिए। तर करणले आलिया फिल्मको लागि राम्रो अभिनेत्री भएको बताए। फिल्म क्षेत्रका लागि आलिया नयाँ अनुहार हुने र
किनकी आलियाको पनि यो फिल्ममा डेब्यू गर्दै थिइन्।
करणको यो शो मा आएका बलिउड कलाकारहरु चर्चामा रहेका छन्। पछिल्लो समय अभिनेत्री दिपिका पादुकोण, आलिया भट्ट लगायतको कलाकार चर्चामा आइरहेका छन्।