बलिउड अभिनेता आमिर खानका छोरा जुनैद खान अभिनयमा डेब्यू गर्दैछन्।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनले फिल्म 'महाराज' बाट बलिउडमा डेब्यू गर्न लागेका हुन्। फिल्ममा उनीसँगै जयदीप अहलावत, श्रावरी र दक्षिण अभिनेत्री शालिनी पाण्डे देखिनेछन्।
'महाराज' कथा सत्य घटनाबाट प्रेरित हुनेछ। फिल्ममा एक पत्रकार कसरी जनताको सहारा बन्छन् भन्ने कथा देखाइनेछ।
यशराज ब्यानरबाट बन्ने फिल्म नेटफ्लिक्समा रिलिज हुने बताइएको छ। फिल्मलाई सिद्धार्थ पि मल्होत्राले निर्देशन गर्नेछन्। उनले पछिल्लो समय फिल्म 'हिचकी' निर्देशन गरेका थिए।
दक्षिण भारतीय अभिनेत्री शालिनीले 'अर्जुन रेड्डी, जयेशभाइ जोरदार, कढहल, गोरिल्ला र निशाबध्धम' लगायत फिल्ममा अभिनय गरेकी छन्। यी फिल्मबाट उनले सकारात्म प्रतिक्रिया पाएकी थिइन्।
जुनैद आमिर र रीना दत्तका छोरा हुन्। उनीहरूको एक छोरी इरा खान पनि छिन्। आमिरले रीनासँग सम्बन्ध विच्छेद गरेपछि किरण रावसँग विवाह गरेका थिए। हाल आमिर र किरणले पनि सम्बन्ध विच्छेद गरिसकेका छन्।