शुक्रबारदेखि नेपालका सिनेमा हलमा तीन फरक भाषाका नयाँ फिल्म प्रदर्शनमा आएका छन्।
नेपाली 'झरीपछिको इन्द्रेणी', हलिउडको 'अवतारः फायर एण्ड एस' र हिन्दी फिल्म 'मिलियन भ्युज' रिलिज भएका हुन्।
देशभरका हलमा प्रदर्शनमा आएको 'झरीपछिको इन्द्रेणी' सामाजिक कथावस्तुमा आधारित छ। अर्जुन घिमिरे (पाँडे) निर्देशित फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौलालगायतको अभिनय छ।
बालेन शाहले तयार पारेको यो फिल्मको गीत 'आम नेपाली बुवा' पनि यतिबेला दर्शकमाझ चर्चामा छ।
त्यस्तै, हलिउडको 'अवतार' शृंखला विश्वव्यापी रूपमा चर्चित छ। फिल्मको निर्देशन जेम्स क्यामरूनले गरेका हुन्। फिल्मको शो संख्या र अग्रिम टिकट बुकिङ हेर्दा 'अवतार' को तेस्रो शृंखलाले नेपालमा राम्रो कमाइ गर्ने देखिन्छ।
त्यस्तै, हिन्दी फिल्म 'मिलियन भ्युज' डार्क मनोवैज्ञानिक थ्रिलर फिल्म हो। अंशुल सिन्हा निर्देशित यो फिल्मले डिजिटल युग, सोसल मिडिया र अनलाइन पपुलारिटीको अँध्यारो पक्षलाई देखाउने जनाइएको छ।