लुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरले नेपाली कला तथा साहित्य क्षेत्रका चार जनालाई सम्मान गरेको छ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मनिषा कोइरालाले 'इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान' तन्त्र विद्याका विद्वान प्रा. विद्यानाथ उपाध्याय भट्टलाई, 'सरस्वती सम्मान' साहित्यकारहरू विष्णुविभु घिमिरे र लक्ष्मण नेवटियालाई र 'नारायण गोपाल संगीत सम्मान' गायिका झुमा लिम्बूलाई समर्पण गरिन्।
उक्त अवसरमा मनिषा कोइरालाले आफ्नो पीडा आफ्नो कला र साहित्यिक क्षमतामार्फत प्रस्तुत गर्ने साहित्यकार तथा कलाकारहरूलाई प्रोत्साहित गरेकोमा खशी व्यक्त गरिन्।
कला मन्दिरका संरक्षक बसन्त चौधरीले यो संस्था ३० वर्षपछि आफ्नो छोरीको जिम्मामा छोडेको भन्दै सबैबाट उस्तै सहयोग मिल्ने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा उषा ठाकुरको 'विचार र विश्लेषण' तथा कवि लक्ष्मण नेवटियाको कविताकृति 'व्यंग्यधाम' को विमोचन समेत गरियो।