एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रा लाई अनुबन्धन गरेको छ ।
मधेशले भिनस्ट्रालाई पहिलो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो ।
नेदरल्याण्ड्समा महिला भलिबलको क्षेत्रमा पछिल्ला वर्षहरूमा नयाँ पुस्ताका खेलाडीहरू उदाउँदै आएका छन्। तीमध्ये एक नाम रोमी भिनस्ट्रा को पनि रहेको छ। भिनस्ट्राले आफ्नो उत्कृष्ट खेलकौशल र प्रतिबद्धताले छोटै उमेरमै सफलता प्राप्त गरेकी छिन्।
भिनस्ट्रा आउट साईड हिटर हुन्। उनी सन् २०२१ र २२ सिजनदेखि नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा-डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्।
सन् २०२४ मा उनले सुडोसा-डेस्टोका लागि नेदरल्याण्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल भइन्।
भिनस्ट्राले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाईटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् । उनले नेपालको नाम धेरै सुनेको र नेपालमा आएर खेल्न उनि धेरै उत्साहित रहेको बताएकी छन् ।
मधेश टिम :
खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद , स्नेहा ठगुन्ना
प्रशिक्षक: कोपिला उप्रेती
ब्रान्ड एम्बेसडर : नीति शाह