एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेलहरू आगामी कात्तिक २६ देखि २९ सम्म सञ्चालन हुने भएको छ।
यस सम्बन्धमा नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भएको आयोजकको भनाइ छ।
लिगको १६ मध्ये ९ खेल सम्पन्न भईसकेको छ। पोखरामा सञ्चालन भएको लिगको बाँकी जेनजी आन्दोलनका कारण रोकिएको थियो। 
बाँकी खेलहरू काठमाडौंमै सम्पन्न गर्ने तयारी तीव्र गतिमा अगाडि बढिरहेको उसको भनाइ छ। संशोधित खेल तालिका चाँडै सार्वजनिक गरिने बताइएको छ।
‘हामी सकारात्मक ऊर्जा सहित पुनः उठ्ने प्रतिबद्धता जनाउँछौं र यो यात्रालाई निरन्तरता दिनेछौं। लिगको यो निर्णय धैर्य, सहकार्य र जोशको प्रतीक हो,’ आयोजकको भनाइ छ, ‘नेपाल भलिबल संघ र सबै सहभागी टोलीहरूको समर्थनमा, लिग आफ्नो दोस्रो संस्करणलाई रोमाञ्चक र प्रेरणादायी रूपमा सम्पन्न गर्न तयार छ।’