एभरेस्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सले दीक्षिण एसियाली खेलकुदको टिन पटककी स्वर्ण पदक विजेता आयशा शाक्यलाई यस संस्करण पनि आफ्नो गुडविल एम्बासडर नियुक्ति गरेको छ।
सोमबार ललितपुर क्विन्सको कार्यालयमा क्लबका अध्यक्ष रमेश पराजुली र आयशा शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरे।
ललितपुर क्विन्ससँग सम्झौता नवीकरण गर्न पाउँदा आफू हर्षित भएको आयशा बताउँछिन् । "फेरी पनि ललितपुर क्विन्ससँग सम्झौता गर्न पाउँदा निकै खुसी छु", आयशाले भनिन्। "ललितपुर क्विन्स परिवारलाई धेरै धन्यबाद । यो मेरो लागि सम्मानको कुरा हो, " उनले थपिन्।
यो संस्करण ललितपुरले उपाधि जित्नेमा आयशा आशावादी छ। "पहिलो संस्करणमा ललितपुरको खेलहरूमा सहभागी हुँदा म धेरै रमाए । दुर्भाग्यवस हामी अन्तिम समयमा चुक्यौ, आशा छ हाम्रो टोली यो संस्करण विजेता हुने छ ।
घरेलु भलिबलमा सफल प्रशिक्षक मध्ये एक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ।
टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेका छन् भने ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई खरिद गरेको थियो। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुने छ ।