काठमाडौंमा जारी योनेक्स सनराइज नेपाल इन्टरनेसनल च्यालेन्ज २०२४ ब्याडमिन्टन प्रतियोगितामा नेपालको यात्रा एक कास्यमा सीमित भएको छ।
मिक्स युगलतर्फको सेमिफाइनलमा खेलमा नेपालका नम्बर एक खेलाडीद्वय प्रिन्स दाहाल र रसिला महर्जन थाइल्याण्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईछानाको जोडीसँग २१–१५, २१–१७ ले पराजित भए पश्चात नेपाल एक कास्यमा खुम्चिन गएको हो।
यसअघि प्रिन्स र रसिलाको जोडीले क्वाटरफाईनलमा नेपालकै क्षितिज खनाल र शोभा गौचनको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिपको मिकस युगलकै अर्को खेलमा मलेसियाका लाउ यि सेङ्ग र याप रु चेनको जोडीले फाईनलमा स्थान बनाए । उक्त जोडीले भारतका थानदाङ्ग्री हेमा नगेन्द्र बाबु र श्रीललिता सुप्रिया यलाप्रागाडाको जोडीलाई २१–१०, २१–९ले पराजित गरेका थिए ।
महिला एकल तर्फको खेलमा भारतकी इरा शर्माले जित हात पार्दै फाईनलमा थाईल्याण्डकी ललिनरात चाईवान संगको भेट पक्का गरिन् । ईराले सेमिफाईनलमा थाईल्याण्डकी तिदापोर्न क्लिबिसुनलाई १५–२१, २५–२३, २१–१५ र ललिनरातले युएसएकी इसिका जयसवाललाई २१–१४, २१–१७ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् ।