भारतका अभि अग्रवाल इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत– सर्किट वानको ब्वाइज सिंगल्समा बिहीबार पहिलो भएका छन्।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा अभिले भारतकै तनिस नन्दालाई ७–५ र ६–२ को सोझो सेटमा पराजित गरे।
यसअघि ब्वाइज डबल्समा अभि र तनिसको जोडी पहिलो भएका थिए।
नेपाल टेनिस संघ र इमर्जिङ एटलिट्सद्वारा संयुक्त आयोजित प्रतियोगिताको गल्र्स सिगल्समा नेपालकी शिभाली गुरुङ पहिलो भएकी थिइन्।
गल्र्स डबल्समा पनि शिभालीले माल्दिभ्सकी अइसथ करिन सइजनसंग मिलेर स्वर्ण जितेकी थिइन्।
विजेतालाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगितामा ब्वाइज÷गल्र्स सिंगल्स र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा भएको इमर्जिङ एथलिट्सका जयजीव हाडाले जनाएका छन्। प्रतियोगिताअन्तर्गत सर्किट– २ का खेलहरु सोमबारदेखि सुरु हुनेछ।