रोबर्ट लेवान्डोस्कीको दुई गोलमा स्पेनिस क्लब बार्सिलोनाले ब्रिस्टमाथि जित निकालेको छ।
युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले ब्रिस्टविरूद्ध ३-० ले विजयी भएको हो।
१० मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रोबर्ट लेवान्डोस्कीले बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए।
६६ मिनेटमा ड्यानी ओल्मोले अग्रता दोब्बर पारे। ९० मिनेटपछिको अतिरिक्त समयको दोस्रो मिनेटमा लेवान्डोस्कीले गोल गर्दा बार्सिलोना ३-० ले विजयी भएको हो।
गएराति नै भएको खेलमा स्पार्टा प्राहामाथि एथ्लेटिको मड्रिडले ६-० को सानदार जित निकालेको थियो।
त्यस्तै बायर्नसँग पिएसजी पराजित हुँदा इन्टरले लिपजिगलाई पराजित गरेको थियो। योंग बोइजविरूद्ध एटलान्टाले ६ गोल गर्यो भने साल्जबर्गले लेभरकुसेनलाई ५-० गोलले पराजित गरेको थियो।
५ खेलबाट १३ अंक जोड्दै इन्टर अंक तालिकाको शीर्ष स्थानमा छ। समान खेल खेलेको बार्सिलोना १२ अंकसहित दोस्रो स्थानमा छ। एक खेल कम खेलेको लिभरपुल १२ अंक बनाएर तेस्रो स्थानमा छ।
एटलान्टा चौथो, लिभरकुसेन पाँचौं, बायर्न ११ औं,एथ्लेटिको मड्रिड १३ औं स्थानमा छ।