जित बिनै नेपालको एसियन छनोट यात्रा टुंगियो


नेपालले एसियन कप छनोटको यात्रा यमनसँगको हार सँगै अन्त्य गरेको छ। कतार स्पोर्टस क्लब सुहेन बिन हमाद रंगशालामा मंगलबार राति भएको अन्तिम खेलमा नेपाल यमनसँग २–१ ले पराजित भएसँगै एएफसी एसियन कप छनोट चरणमा नेपालको यात्रा टुंगिएको हो।

समूह एफमा रहेको नेपालले एक वर्षमा खेलेका ६ खेल मध्ये कुनै पनि खेलमा जित हात पार्न सकेन।

२ खेलमा बराबरीनै नेपालको सबैभन्दा ठूलो उपलब्धि थियो। नेपालको समूहबाट फिलिपिन्स र यमन विजेता र उपविजेता हुँदै एसियन कपमा छानिएका छन्।

अपराजित रहेको फिलिपिन्सले ६ खेलबाट ३ जित र ३ बराबरीसहित १२ अंक लिएर शीर्ष स्थानमा रहँदै छानिएको हो भने अर्को अपराजित यमन १० अंकसहित दोस्रो स्थानमा रह्यो।

समूहमा ७ अंक जोडेको ताजकिस्तान र २ अंक जोडेको नेपाल छनोट चरणबाट बाहिरिएका छन्।

एक पटक छनोट चरणबाट बाहिरिसकेको नेपाललाई एएफसी सोलिडारिटी कप विजेताको हैसियतामा छनोट खेल्ने मौका पाएको थियो। छनोट खेलमा ग्वाम नखेल्ने भएपछि नेपालले मौका पाएको थियो।

नेपालले खेलेका ६ खेलबाट ११ गोल खायो भने ३ गोल गर्न सफल भयो। नेपालका लागि विशाल राई, विमल घर्ती मगर र नवयुग श्रेष्ठले विपक्षीविरूद्ध गोल गर्न सके।

विशालले फिलिपिन्सविरूद्ध, विमलले ताजकिस्तानविरूद्ध र नवयुगले गएराति यमनविरुद्ध गोल गरेका थिए।

फिलिपिन्ससँग दुवै खेल हारेको नेपालले यमन र ताजकिस्तानसँगको खेलमा एउटामा हार व्यहोरेको थियो भने अर्कोमा बराबरी गरेको थियो।

यस्तो रह्यो एसियन कप छनोट चरणमा नेपालको प्रदर्शन

  •  २०१७ मार्च २८ – फिलिपिन्सविरुद्ध नेपाल ४–१ (अबे) पराजित
  • २०१७ जुन १३ -यमनविरूद्ध ०–०(होम)- बराबर
  • २०१७ सेप्टेम्बर ५- ताजिकिस्तान विरूद्ध २-१ (होम) पराजित
  • २०१७ अक्टोबर १० – ताजिकिस्तानविरुद्ध ३-० (अवे) पराजित
  • २०१७ नोभेम्बर १४- फिलिपिन्सविरूद्ध ०-० (होम) बराबर
  • २०१८ मार्च २७ – यमनविरुद्ध २-१ (अवे) पराजित

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.