जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले पछिल्लो तीन घन्टामा डोटीको पश्चिम सेती, दिपायल, डडेल्धुराको साहुखर्क र आसपास मध्यमदेखि भारी वर्षा मापन भएको बताएको छ।
महाशाखाका अनुसार डोटीको दिपायमा पछिल्लो तीन घन्टामा ६५ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै पश्चिम सेतीमा ६६.६ मिलिमिटर वर्षा मापन भएको छ।
यी केन्द्रहरूमा अहिले पनि वर्षा भइरहेकाले सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढी आउन सक्ने, कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै दिउँसोसम्मै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेका छ।