कुवेत क्रिकेट बोर्ड र नेपाल क्रिकेट संघ (क्यान) बीच पुरुष र महिला दुवै टोलीका लागि वार्षिक द्विपक्षीय क्रिकेट शृंखला आयोजना गर्न सैद्धान्तिक समझदारी भएको छ। यो साझेदारी सन् २०२६ बाट सुरु हुनेछ।
यो रणनीतिक सहकार्यले हरेक वर्ष दुवै देशमा होम र अवेका आधारमा खेल्ने गरी न्यूनतम तीन टी-२० अन्तर्राष्ट्रिय खेल र थप ५० ओभरका खेलहरू समावेश गर्नेछ।
यो सम्झौता क्षेत्रीय एसोसिएट राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय एक्सपोजर बढाउन र प्रतिस्पर्धी क्रिकेटलाई प्रोत्साहन गर्नका लागि एक महत्त्वपूर्ण कदम हो।
यस साझेदारीले एसियाभर क्रिकेटको वृद्धि र विकासमा एक प्रमुख कोसेढुंगाको रूपमा काम गर्ने क्यानको भनाइ छ।
कुवेतले यसै वर्ष पछि आईसीसी पुरुष टी-२० विश्वकप २०२६ एसिया क्षेत्रीय क्वालिफायर्समा भाग लिँदैछ।
साथै कुवेतमा बसोबास गर्ने नेपाली समुदायका कारण दुई राष्ट्रबीचको सांस्कृतिक र क्रिकेटिङ सम्बन्धलाई पनि सुदृढ पार्ने क्यानको विश्वास छ।
नेपाल र कुवेत आइसिसी पुरुष टी-२० विश्वकप २०२६ एसिया क्षेत्रीय क्वालिफायर्सका लागि एउटै समूहमा छन्।