एसिसी यू-१६ एस्ट जोन कप २०२५ का लागि नेपाली राष्ट्रिय टोलीको विदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काले नेपाली टोलीको शुक्रबार विदाइ गरे।
विदाइ कार्यक्रममा प्रशिक्षक दिपेन्द्र चन्दले प्रतियोगिताका लागि राम्रो तयारी गरेको बताए। उनले यू-१६ को राष्ट्रिय प्रतियोगिता हुँदा सहयोग पुगेको बताए।
कप्तान विपिनप्रसाद शर्माले पनि ंटोली सन्तुलित भएको बताउँदै राम्रो खेल्ने बताए। नेपालले प्रतियोगिता जित्ने लक्ष्य लिएको छ।
नेपाली टोलीको उपकप्तानमा सुर्यान्शु कोइराला छन्।यस्तै टोलीमा शिवांश बजगाई (विकेटकिपर), परिमर्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील बहादुर रावल, सुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही छन्।
प्रतियोगिताामा नेपाल समूह 'ए' मा छ। समूहमा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन्।
प्रतियोगितामा नेपालले सिंगापुरसँग आइतबार खेल्नेछ। त्यसपछि जापानसँग असार १० गते, इन्डोनेसियासँग असार १५ गते र भुटानसँग असार १७ गते खेल्नेछ।
प्रतियोगिताको सेमिफाइनल असार १९ र फाइनल असार २१ मा हुनेछ।