नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले रोमाञ्चक जित निकालेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा अन्तिम ओभरको सुरुवाती पांँच बलमा १७ जोड्दै विराटनगरले लुम्बिनी लायन्सविरूद्ध २ विकेटको रोमाञ्चक जित निकालेको हो।
अघिल्ला दुई खेलमा पराजित भएको विराटनगरको यो पहिलो जित हो। लुम्बिनी भने आफ्नो पहिलो खेलमा पराजित भयो।
लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले आठ विकेट गुमाएर अन्तिम एक बल बाँकी छदा पूरा गर्यो।
अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १५ रन चाहिएको थियो। जसमा लुम्बिनीका विवेक यादवले पहिलो दुई बलमा वाइड फ्याँके लगत्तै अर्को बलमा कप्तान सन्दीप लामिछाने आउट भए। दोस्रो बल डट हुँदा तेस्रो बलमा क्रिस सोलले छक्का प्रहार गरे। चौथो र पाँचौ बलमा चौका प्रहार गरेर सोलले विराटनगरलाई रोमाञ्चक जित दिलाए। अन्तिम दुई बलमा तीन रन चाहिए पनि सोलले पाँचौ बलमा चौका प्रहार गरे।
त्यसअघि विराटनगरको जितको आधार तयार गर्न ओपनर लोकेश बमले अर्धशतक प्रहार गरे। १८औं ओभरको चौथो बलमा रेमन्ड सिमन्सको बलमा सन्दीप जोराबाट क्याच हुनुअघि उनले ७१ रन बनाए। उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे।
अर्का ओपनर इस्मत अलाम भने शून्यमै आउट भएका थिए। उनी आउट भएपछि ब्याटिङमा आएका मार्टिन गप्टिलले १७ बलमा २८ रन जोडे। आठौं ओभरमा दुर्गेश गुप्ताबाट बोल्ड हुनुअघि उनले ६ चौका प्रहार गरे।
राजेश पुलामी ४ रन र निकोलास किर्टोन शून्यमा आउट भए। दुवैलाई साद बिन जफरले दशौं ओभरको तेस्रो र चौथो बलमा लगातार आउट गरेका थिए।
लोकेश बमसँग ८१ रनको साझेदारी गरेका बसिद अहमद ४० रनमा आउट भए। उनी १७औं ओभरमा आउट हुँदा अर्को ओभरमा लोकेश पेभिलियन फर्के। लोकेश र बसिर आउट हुँदा विराटनगरमाथि दबाब परेको थियो। १९औं ओभरमा प्रतिश जिसी ६ रनमा आउट भए पनि अन्तिम ओभरमा विराटनगरका लागि क्रिस सोलले उत्कृष्ट खेल देखाए।
बलिङमा लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिँदा सिमन्स र साद बिनले २-२ विकेट लिए।
टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ७ विकेटको क्षतिमा १९१ रन जोड्यो।
लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले ४६ रन जोडे। उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। विवेक यादवले ७ बलमा ३ छक्का प्रहार गर्दै नटआउट १९ रन जोडे।
ओपनरद्वय आशुतोष घिरैयाले १५ रन र अर्जुन साउदले १७ रन जोडे। चौथो ओभरमा निकोलास किर्टोनबाट रनआउट हुनुअघि घिरैयाले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे। अर्जुनले इस्मत आलमबाट बोल्ड हुनुअघि १९ बलमा ३ चौका प्रहार गरे।
टस मुर्स १३औं ओभरमा रनआउट भएका थिए। उनले १७ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३० रन जोडे। सन्दीप जोरा पनि रनआउटकै सिकार भए। उनले १३ बलमा १२ रन जोड्न सके।
साद बीन जफरलाई विराटनगरका कप्तान सन्दीप लामिछानले मार्टिन गप्टिलबाट क्याच हुनुअघि १३ बलमा १५ रन बनाए।
बने कटिङ पनि रनआउट रनआउट नै भए। उनी १९औं ओभरमा ६ रन बनाएर खेलिरहदा विवेक यादवसँग दुई रन लिने क्रममा रनआउट भएका थिए।
बलिङमा विराटनगरका सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले एक एक विकेट लिए। यस्तै लुम्बिनीका चार ब्याटर रनआउटको सिकार बने।