नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले दिएको १९२ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सका ओनपिङ ब्याटर लोकेश बमले अर्धशतक प्रहार गरेका छन्।
चार विकेट गुमाइसकेको विराटनगरका लागि लोकेशले १३औं ओभरमा अर्धशतक प्रहार गरेका हुन्। उनले ३६ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। यद्यपी विराटनगरले १४ ओभरमा ४ विकेट गुमाउँदा १०४ रन जोडेको स्थिति थियो।
टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ७ विकेटको क्षतिमा १९१ रन जोड्यो।
लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले ४६ रन जोडे। उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। विवेक यादवले ७ बलमा ३ छक्का प्रहार गर्दै नटआउट १९ रन जोडे।
ओपनरद्वय आशुतोष घिरैयाले १५ रन र अर्जुन साउदले १७ रन जोडे। चौथो ओभरमा निकोलास किर्टोनबाट रनआउट हुनुअघि घिरैयाले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे। अर्जुनले इस्मत आलमबाट बोल्ड हुनुअघि १९ बलमा ३ चौका प्रहार गरे।
टस मुर्स १३औं ओभरमा रनआउट भएका थिए। उनले १७ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३० रन जोडे। सन्दीप जोरा पनि रनआउटकै सिकार भए। उनले १३ बलमा १२ रन जोड्न सके।
साद बीन जफरलाई विराटनगरका कप्तान सन्दीप लामिछानले मार्टिन गप्टिलबाट क्याच हुनुअघि १३ बलमा १५ रन बनाए।
बने कटिङ पनि रनआउट रनआउट नै भए। उनी १९औं ओभरमा ६ रन बनाएर खेलिरहदा विवेक यादवसँग दुई रन लिने क्रममा रनआउट भएका थिए।
बलिङमा विराटनगरका सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले एक एक विकेट लिए। यस्तै लुम्बिनीका चार ब्याटर रनआउटको सिकार बने।
एनपिएलमा विराटनगर यसअघिका दुवै खेलमा पराजित भएको छ भने लुम्बिनीले आफ्नो पहिलो खेल खेलेको हो।