घरेलु टोली क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ।
ओमानविरूद्ध क्यानडाको ओन्टेरियोको किङ सिटीमा हुने खेलमा नेपालले टस हारेको छ।
टस जितेको ओमानले फिल्डिङ रोजेसँगै खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। सोमपाल कामीको स्थानमा गुल्सन झालाई खेलाइएको छ।
नेपाली टोली
रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आसिफ शेख, करण केसी, रिजन ढकाल, सन्दीप लामिछाने,गुल्सन झा।
यसअघि शनिबार भएको पहिलो टी-२० खेलमा नेपालमाथि घरेलु टोली क्यानडाले १४ जित निकालेको थियो।
नेपालले यसअघि दुवै टोलीसँग आइसिसी विश्वकप लिग-२ खेल खेलेको थियो। तीन खेलमा पराजित भएको नेपालको अन्तिम खेल वर्षाले रद्द भएको थियो।