शैक्षिक परामर्शदाता एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को एजुकेशनल कन्सलटेन्सी पार्टनरमा बनेको छ।
नेपाल क्रिकेट संघ (क्यान) र एक्सपर्ट एजुकेशनबीच एनपिएलको आधिकारिक एजुकेशनल कन्सलटेन्सी पार्टनर बन्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
एक्सपर्ट एजुकेशनले अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका र न्युजिल्याण्डलगायत देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आइरहेको छ भने २५ देशमा रहेका ९० शाखाहरु मार्फत सेवा पुर्याउँदै आएको छ।
एक्सपर्ट एजुकेशन लामो समयदेखि विभिन्न तहका क्रिकेट प्रतियोगिताहरुमा संलग्न रहँदै आएको छ। यसअघि एक्सपर्टले कलेज प्रिमियर लिग, स्कुल प्रिमियर लिग, प्रधानमन्त्री कप, एभरेस्ट प्रिमियर लिग र जूनियर राष्ट्रिय खेलकुद च्याम्पियनसिप जस्ता प्रमुख प्रतियोगिताहरुलाई प्रायोजन गरिसकेको छ।
अन्तर्राष्ट्रिय स्तरमा पनि क्रिकेटलाई सहयोग गर्ने क्रममा एक्सपर्टले अष्ट्रेलियामा कम्युनिटी कप र एक्सपर्ट सगरमाथा लिग (मेलबर्न, अष्ट्रेलिया) मा सहकार्य गरेको छ भने नाइस नेपाली क्रिकेट क्लब ब्रिसवेनलाई समेत प्रायोजन गरेको छ।
यस्तै एक्सपर्टले चितवनका विभिन्न खेलकुद कार्यक्रमहरुमा पनि सहकार्य गर्दै आइरहेको छ।भरतपुर मेयर कप अन्तरविद्यालय क्रिकेट, विभिन्न फुटबल प्रतियोगिताहरुमा एक्सपर्टले प्रायोजन गर्दै आइरहेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा वर्तमान नेपाल क्रिकेट संघका सचिव पारस खड्का विगत सात वर्षदेखि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडरका रूपमा रहेका छन्।