१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा परेका छन् भने टिम व्यवस्थापनमाथि प्रश्न उठेका छ।
राष्ट्रिय क्रिकेट टिम केन्या जाने अघिल्लो रात कप्तानीको जिम्मेवारीमा रहेका सन्दीप अर्कै होटलमा बसेको विषयमा समेत छानविन गर्नु पर्ने माग उठेको छ।
नेपाली क्रिकेट समर्थक समाजले बन्द प्रशिक्षणको अनुशासन उल्लघंनमा जोडिएका टोली व्यवस्थापक, सम्बन्धित कर्मचारी र अफिसियललाई स्पष्टीकरण सोध्दै दोषी देखिए तत्काल कारबाही गर्न माग गरेको छ।
‘खबरले क्यान र टिम व्यवस्थापनमाथि समेत गम्भीर प्रश्न उठेको छ। यो अवस्थामा बन्द प्रशिक्षणको अनुसाशन उल्लघंन जोडिएका टोली व्यवस्थापक, सम्बन्धित कर्मचारी/अफिसियललाई आवश्वक स्पष्टीकरण लिइ दोषी देखिए तत्काल कारबाहीको भागेदार बनाउन समेत माग गर्दछौं, ’ समाजका अध्यक्ष नारायण पराजुलीले निकालेको विज्ञप्तिमा भनिएको छ।
‘आगामी दिनमा राष्ट्रिय टोलीको सदस्य र समग्र टिममा हुनु पर्ने अनुसाशन, सम्बन्धित अफिसियलको भूमीका/जिम्मेवारीबारे सबैलाई गम्भीर रुपमा सचेत गराउँदै अनुसाशन काम गर्द हदैसम्म कडा हुन आग्रह समेत गर्दछौं।’
केन्या भ्रमणका लागि नेपाली टिमको व्यवस्थापकमा सुनील महासेठ थिए। उनले केन्या भ्रमणबाट नेपाली टिम फर्किदा विमनास्थलमा सोधिएको प्रश्रमा सन्दीप लामिछाने प्रकरणमा अनिविज्ञता प्रकट गरेका थिए।
यता नेपाल क्रिकेट संघ क्यानका कार्यवहाक सचिव प्रशान्त मल्लले क्यानले सन्दीपले टिम छाडेर अर्कै होटलमा बसेको विषयमा छानविन गर्न सकिने बताएका छन्। तर उनले कहिलेदेखि छानवित गर्ने भन्ने खुलाएका छैनन्।
‘सन्दीपले राष्ट्रिय टिम छाडेर अर्कै होटलमा बसेको विषयमा भने छानविन हुन सक्छ,’ उनले भने।
भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर नाबालिगमाथि पटकपटक बलात्कार गरेको लामिछानेमाथि आरोप छ।
भोलिपल्ट भदौ ६ मा सन्दीप केन्या सिरिजका लागि गएका थिए भने आफूमाथि बलात्कार गरेको भन्दै पीडितले गत मंगलबार प्रहरी वृत्त गौशालामा पुगेर जाहेरी दिएकी थिइन्।
जाहेरी परेपछि अनुसन्धान थालेको प्रहरीले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदलातबाट अनुमति पाइसकेको छ। जससँगै लामिछानेलाई क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो।
केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका सन्दीपलाई टिमले समेत फिर्ता पठाएको छ। जमैका तलावाजले बिहीबार टिमबाट रिजिल गरेको क्रिके इन्फोले लेखेको छ।
सन्दीपले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्ने बताएका छन्। उनले आफू क्यारेबियन लिग छाडेर नेपाल आउन लागेको पनि लेखेका छन्।