राजधानीमा जारी त्रिदेशीय क्रिकेट सिरिजमा मंगलबारदेखि दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ।
आजदेखि टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।
यद्यपी कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भइरहेको नेपाल र नेदरल्याण्डबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेश नदिए पनि मैदान बाहिरैबाट हेर्नेको भिड लागेको छ।
क्यानले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको छ।
यसअघिका खेलमा भने दर्शकले शुल्क तिरेर खेल हेर्न अनुमति पाएका थिए।














