‘लिस्ट ए’ मा ५० विकेट लिने सोमपाल पहिलो नेपाली खेलाडी


सोमपाल कामी ‘लिस्ट ए’ को खेलमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी भएका छन्।

तीव्र गतिका बलर सोमपालले शनिबार आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा नेदरल्यान्ड्स विरुद्धको खेलमा सुरूवाती २ ओभरमै २ विकेट लिँदै नेपालका लागि ‘लिस्ट ए’मा ५० विकेट पूरा गरेका हुन्।

उनले ५० औं विकेटको रूपमा नेदरल्यान्ड्सका बेन कुपरलाई शून्य रनमा आरिफ शेखबाट क्याच गराए। त्यसअघि उनले वेस्ले वारेसीलाई पनि आरिफ शेखबाट शून्य रनमै क्याच गराएका थिए। आजै नेदरल्याण्डको तेस्रो विकेटसमेत लिइसका सोमपालले जारी प्रतियोगितामा अहिलेसम्म ७ विकेट लिइसकेका छन्।

सोमपालले ‘लिस्ट ए’ का ३७ खेल खेल्दै ५१ विकेट लिएका हुन्। उनको लिस्ट ए’ को खेलमा उत्कृष्ट प्रदर्शन ५ विकेट लिएर २७ रन दिनु हो।

उनले पहिलो पटक सन् २०१४ मा युएई विरुद्ध पहिलो ‘लिस्ट ए’ को खेलेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.