नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलले बर्चश्व कायम गरेको छ।
६ इभेन्टका १८ पदक मध्ये त्रिभुवन आर्मी क्बले ५ स्वर्ण, २ रजत तथा २ कास्य पदक जितेर प्रतियोगितामा आफ्नो बर्चस्व कायम गरेको हो।
प्रतियोगिताको महिला क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनी स्वर्ण पदक जिते।
प्रतियोगिता अन्तर्गत महिला क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सिन्दिरा जोशीले रजत पदक जित्न सफल हुनुभएको छ भने प्रदेश नम्बर एककी खुस्वु थापाले कास्य पदक जित्न सफल हुनुभएको आयोजकले जनाएको छ।
प्रतियोगिताको खुल्ला बिल्च चरणको खेलमा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवालले स्वर्ण पदक जिते। खुल्ला बिल्चमा नेपाल पुलिस क्बलका क्षितिज भण्डारीले दोस्रो हुदै रजत पदक प्राप्त गरे छ भने त्रिभुवन आर्मी क्बलका सचिन मर्हजनले तेस्रो स्थान हात पार्दै कास्य पदक जिते।
प्रतियोगिताको महिला तर्फको बिल्च इभेन्टमा पनि त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले नै स्वर्ण जित्न सफल जितिन। त्यस्तै नेपाल पुलिस क्लबकी पूर्णिमा गुरुङले रजत पदक र त्रिुभवन आर्मी क्लबकी सिन्दिरा जोशीले कास्य पदक हात पार्न सफल सफल भए।
आज सम्पन्न भएको महिला र्यापिड चरणको खेलमा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले यो चरणको प्रतियोगिताको तेस्रो स्वर्ण पदक जितिन्। त्यस्तै प्रदेश नम्बर १ की कृतिसारा अधिकारीले रजत पदक र गण्डकी प्रदेशकी पुजा भण्डारीले कास्य पदक जित्नु सफल भए । खुल्ला र्यापिड चरणमा त्रिभुवन आर्मीका रुपेश जैसवालले स्वर्ण, त्रिभुवन आर्मी क्लबकै मिलन लामाले रजत र नेपाल पुलिस क्लबका सुबिर लामाले कास्य पदक जिते।
प्रतियोगितामा प्रदेश नम्बर एकले एक रजत र एक कास्य पदक, नेपाल पुलिस क्लबले २ कास्य र १ रजत पदक, गण्डकी प्रदेशले एक रजत पदक हात पार्न सफल भएको छ। प्रतियोगितामा कुल ११ टिमको सहभागिता रहेको थियो। प्रतियोगिता अन्र्तगत खुल्ला क्लासिकल चरणको नजिता भने घोषणा हुन बाँकी रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा गैह्र आवासिय संघ एनआरएनएका खेलाडी आशिष फुयाँलले स्वर्ण पदक जितेको भएपनि प्रदेश नम्बर एकले एनआरएनले गैह्र खेलाडीबाट खेल खेलाएको भन्दै उजुरी हालेपछि छानविन नसकिदासम्मका लागि खेलको नजिता घोषणा स्थगित गरिएको छ।