कुवेतबाट एक नेपाली कामदारको उद्धार

कुवेतबाट एक नेपाली कामदारको उद्धार


वैदेशिक रोजगारीको सिलसिलामा विगत १० वर्षदेखि कुवेतमा रहँदै आएका एक नेपाली कामदारको उद्धार गरिएको छ ।

कुवेतको विकट ओफ्रा भन्ने ठाउँमा भेंडा चराउने काम गर्दैआएका नवलपरासी बर्दघाट नगरपालिका–१६ निवासी मीनराज भुसाल १० वर्षपछि घर फर्किएका हुन्।

लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेनविक्रम हमालको सहयोगमा भुषाललाई घर फर्काइएको हो । दश वर्ष बितिसक्दा पनि भुसाल घर नफर्केपछि अलपत्र परेको हुनसक्ने आशंका परिवारले गरेपछि समाजले भुसालको उद्धार गरेको हो ।

(रासस)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.