पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरोधमा बिहीबार दिल्लीमा प्रदर्शन


पेट्रोलियम पदार्थको मूल्य उच्च बनाएको र यसले सामान्य जनजीवन प्रभाव परेको भन्दै आगामी बिहीबार (सेप्टेम्बर २१ गते) दिल्ली कांग्रेस कार्यकर्ताले विरोध प्रदर्शन गर्ने भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी तथा मुख्यमन्त्री केजरीवालका दलले पेट्रोलियम पदार्थमा अकल्पनीय रूपमा कर दर वृद्धि गरेको बिषय मानव साङ्लो प्रदर्शन मार्फत् सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले प्रदर्शन गर्न लागिएको उक्त दलका दिल्ली इकाई प्रमुख अजय माकेनले बताए।

विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गरिने र यसले दिल्लीको ट्राफिक प्रभावित नतुल्याउने माकेनले एक पत्रकार सम्मेलनकाबीच बताए।

उनले पेट्रोल तथा डिजेलमा मोदी सरकारले विगत तीन वर्षमा एघार पटक मूल्यवृद्धि गरेको दावी गरे। उनले भने, “पेट्रोल र डिजेलमा क्रमशः ५१.७८ र ४४. ४० भारतीय रूपैयाँ विभिन्न करका रूपमा लिने गरिएको छ ।”
दिल्लीमा अहिले पेट्रोल प्रतिलिटर ७०.५२ र डिजेल प्रतिलिटर ५८.८५ भारतीय रूपैयाँ पर्छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.