बलात्कार आरोपमा अछामका एक युवक सोमबार पक्राउ परेका छन्।
दैलेखकी एक युवतीले बाँकेको कोहलपुरमा दिएको जाहेरीपछि उनी फरार थिए।
तुर्माखाँद गाउँपालिका–१ रहफका २० वर्षीय एक युवकलाई पक्राउ गरी कोहलपुरतर्फ पठाइएको अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
बाँके प्रहरीको आग्रहमा अछाम प्रहरीले शाहीलाई पक्राउपछि कोहलपुरतर्फ पठाएको छ।
शाही सोमबार बिहान १० बजेतिर पक्राउ परेका थिए।
प्रहरी चौकी रहफबाट प्रहरी निरीक्षक उत्तमसिंह कार्की नेतृत्वमा शाहीलाई पक्राउ गरिएको थियो।