देवी ज्ञवालीका छोरा धरौटीमा रिहा

देवी ज्ञवालीका छोरा धरौटीमा रिहा




भरतपुर महानगरपालिकाकी मेयर उम्मेद्वार रेणु दाहाललाई फेसबुकमा गाली गरेको अभियोगमा पक्राउ परेका नीरभ ज्ञवालीलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ।

मेयरका एमाले उम्मेद्वार देवी ज्ञवालीका छोरा नीरभलाई हिजो प्रहरीले पक्राउ गरेको थियो। उनलाई २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए।

उनका अनुसार ज्ञवाली आफैंले नयाँ पोष्ट नगरेको र अरूले नै गरेको पोष्टमा कमेन्टमात्रै गरेको हुँदा थुनामा नै राख्नु नपर्ने भन्दै अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो। ज्ञवालीका तर्फबाट अधिवक्ता भट्टराईसँगै शम्भू थापा, रमेश बडाल लगायतले बहस गरेका थिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.