बेलहियामा एकीकृत जाँच चौकी राखिने


नेपाल–भारत सीमाक्षेत्र बेलहियामा छिट्टै एकीकृत जाँच चौकी (आइसिपी) स्थापना गरिने भएको छ ।

नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीले शुक्रबार आयोजित नेपाल–भारत सीमा समस्या तथा व्यापार सहजीकरण कार्यक्रममा व्यवस्थित भन्सार सञ्चालनका लागि एकीकृत जाँच चौकीको स्थापना गर्न लागिएको जानकारी दिए।

उनले भने, “रक्सौल र परवानीपुरमा जस्तै भैरहवा क्षेत्रमा पनि भारतीय बजारबाट विद्युत् आयातका लागि प्रयास जारी रहेको छ, नेपालको व्यापार प्रवद्र्धनमा भारतको सधैँ सहयोग रहने छ ।” रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.