उदयपुरको चौदण्डीगढीमा बुधबार बिहान दुई जनाको शव फेला परेको छ।
चौदण्डीगढी नगरपालिका–४ को अमलचौरीमा एकजना १४ वर्षीया बालिका र २८ वर्षीय युवकको शव दुई सय मिटरको दुरीमा फेला परेको प्रहरीले जानकारी दिएको छ।
अमलचौरी गाउँको बाटोमा लडिरहेको अवस्थामा १४ वर्षीया मन्जु राईको शव भेटिएको र त्यहाँभन्दा २०० मिटर दुरीमा २८ वर्षीय रविन राईको शव झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयय बेल्टारका प्रहरी निरीक्षक वविन राईले जानकारी दिएका छन्।
आज बिहान स्थानीयबासीले बाटोमा बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि प्रहरी पुगेर खोजतलास गर्दा दुईसय मिटर नजिकै रविनको पनि शव भेटिएको प्रहरी निरीक्षक राइले बताए।