साउन महिना हिन्दु धर्मालम्बीहरूको निम्ति महत्त्वपूर्ण महिना हो। साउन महिनाको सोमबार आज पनि पशुपतिनाथ परिसरमा दर्शनार्थीहरूको घुइँचो लागेको छ।
आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ व्रत बस्ने र शिव मन्दिरहरूमा दुध र जल चढाइ पूजा-अर्चना गर्ने परम्परा छ।
साउन महिनाको सोमबार हिन्दु धर्मावलम्बीहरूले व्रत बसेर शिवको आराधना गरेर विशेष तरिकाले मनाउने गर्छन्।
आज साउनको दोस्रो सोमबारका दिन पशुपतिनाथ परिसरमा देखिएको दृश्यहरू :