दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सुत्केरीको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल घेरेका छन्।
घोराही-८ सौरी निवास २८ वर्षकी मधु केसी बिहीबार बिहान सुत्केरी हुन अस्पताल भर्ना भएकी थिइन्।
सुत्केरी भएकी उनको साल नझरेपछि शल्यक्रिया गरिएको थियो।
अत्यधिक रक्तश्राव भएपछि उनको गएराति ११ बजे मृत्यु भएको प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए। उनले दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी थिइन्।
अस्पतालले लापरबाही गरेको भन्दै आफन्तले क्षतिपूर्ति माग गर्दै प्रदर्शन गरिरहेका छन्। अहिले अस्पताल परिसरमा आफन्तले नाराबाजी गरिरहेका छन्।