श्रीलंकामा आइतबार भएका श्रृंखलावद्ध बिस्फोटमा परी अहिलेसम्म २९० जनाको मृत्यु भएको छ। तीमध्ये तीन जना केटाकेटी डेनमार्कका धनाढ्य एन्डर्स होच पोभलसेनका भएको जनाइएको छ।
श्रीलंकामा विदा मनाउन आएको पोभलसेन परिवार बम आक्रमणमा परेको बताइएको छ। पोभलसेन दम्पत्तिका ४ सन्तान थिए। बिस्फोटमा परी उनका को-को सन्तान मारिए भन्ने खुलाइएको छैन।
पोभलसेन लोकप्रिय फेसन ब्रान्डहरू भेरो मोडा र ज्याक एन्ड जोन्ससहितको फेसन कम्पनी बेस्टसेलरका मालिक हुन्। उनको अनलाइन सेलिङ कम्पनी आसोस र जलान्डोमा पनि धेरै सेयर छ। फोर्ब्सका अनुसार स्कटल्याण्डको कुल जमिनको १ प्रतिशतभन्दा धेरै उनको नाममा छ।