कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन्।
उनलाई पोखराबाटै बुधबार अपरान्ह्र ४ बजे पक्राउ गरिएको हो।
उनीविरूद्ध मंगलबार वडा नम्बर ४ कै व्यवसायी लेखनाथ सुवेदीले अभद्र व्यवहारको जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
'उनले कुटपिट गरेको भनिएको छ, बाँकी अनुसन्धान हुँदैछ,' डिएसपी बस्नेतले भने।
यस घटनामा पराजुलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।