राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन्।
चीन भ्रमणमा जानु दुई दिनअघि स्वास्थ्य परीक्षण गराउन राष्ट्रपति सोमबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेकी हुन्।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले राष्ट्रपतिको पेटको इन्डोस्कोपी गरिएको जानकारी दिए।
‘पेटको इन्डोस्कोपी गरेर उहाँ फर्किसक्नुभयो,’ खड्गाले सेतोपाटीसँग भने, ‘राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य छ।’
राष्ट्रपति भण्डारी बुधबार ९ दिने राजकीय भ्रमणका लागि जाँदैछन्।