दाङमा बिहिबार यो वर्षकै सबैभन्दा चिसो दिन


दाङमा बिहिबार बिहान यो वर्षकै सबैभन्दा चिसो दिन भएको  मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी फिल्ड कार्यालय घोराही दाङले जानकारी दिएको छ।

आज दाङको तापक्रम २.२ डिग्री सेल्सियस रहेको सो कार्यालयले जानकारी दिएको हो।

आज बिहान ८ : ४५ बजेको वायुको तापक्रम जम्मा ४ प्रतिशत मात्रै रहेको फिल्ड कार्यालय घोराही दाङका प्रमुख राजकुमार मिश्रले सेतोपाटीलाई बताए । फिल्ड कार्यालय रहेको घोराहीको उचाई समुद्री सतहदेखि ६ सय ३४ मिटरमा रहेको भएपनि जिल्लाको अन्य भू-भाग योभन्दा निकै कम उचाई रहेको हुँदा त्यस्ता क्षेत्रको न्यूनतम तापक्रम झनै कम रहेको मिश्रले बताए।

राप्ती नदी र बबई नदी तथा खोलाहरूको तटीय क्षेत्रमा न्यूनतम तापक्रम निकै कम रहने गरेको कार्यालय प्रमुख मिश्रले जानकारी दिए। कार्यालय रहेको घोराही क्षेत्र पहाडी क्षेत्रमा पर्ने हुँदा राप्ती र बबईको तटीय क्षेत्रमा निकै चिसो हुने गरेको उनले बताए।

समुद्री सतहमा रहको दाङको दक्षिण बेल्ट र पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निकै वाक्लो हुस्सु लाग्ने गरेको र यो क्रम अझैं एक हप्ता कायमै रहने मिश्रले अनुमान लगाए । ‘आकाशमा बादल क्लियर छ , त्यसैले ११ / १२ बजेपछि पारिलो घाम लाग्ने हुँदा तापक्रममा सुधार आउँछ।’ मिश्रले सेतोपाटीलाई भने। उनले लगभग पुस महिनाभर जिल्लाको तापक्रम यस्तै स्थिर रहने र त्यसपछि मात्रै तापक्रममा सुधार आउन सक्ने मिश्रले अनुमान लगाए। जिल्लामा अत्यधिक चिसो बढेपछि जाडोबाट बच्न बजारका चोक चोकमा आगो बालेर सर्वसाधरणले ताप्ने गरेका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.