अश्लील सामग्री बनाएर बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
स्वदेशी तथा विदेशीहरूसँग रकम लिएर भिडिओ कलमार्फत अश्लील क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ घर भई काठमाडौंको टोखा बस्दै आएका २९ वर्षीय रमेश थापालाई पक्राउ गरेको हो।
महिलाको अश्लील सामग्री बनाएर बिक्री गरेको आरोप उनीमाथि छ। उनीमाथि पाँच दिन म्याद थप गरेर अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।