घोराही बरुवागाउँ निवासी १९ वर्षीय वलीको हत्या भएको पुष्टि


घोराही उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँ निवासी १९ वर्षीय बसन्त वलीको हत्या भएको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका एकजना अधिकारीले वलीको हत्या भएको पुष्टि भइसकेको सेतोपाटीलाई जानकारी दिएका छन्। ‘पक्राउ परेका व्यक्तिले प्रहरी समक्ष हत्यारा गरेको स्वीकार गरिसकेका छन्।’ ति अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने ‘केही कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएका कारण हत्यामा सम्लग्न व्यक्तिको नाम साेमबार दिउँसोसम्म प्रहरीले सार्वजनिक गर्छ।’

वलीको शव गत बिहिबार बंगलाचुली गाउँपालिका वडा नं. ४ शिरवारी भन्ने स्थानमा फेला परेको थियो । बंगलाचुली गाउँपालिका निवासी २४ वर्षीय मामा भोजराज महरासँग चारदिन अघि घोराहीको बरुवा गाउँस्थित घरबाट भाञ्जा वली र मामा महरासँगै निस्किएका थिए। भाञ्जा मृत अवस्थामा फेला पर्दा मामा महरा भने फरार थिए । प्रहरीले उनका मामा महरा लगाएका केही युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि वलीको हत्या भएको पुष्टि भएको ति अधिकारीले बताए ।

वलीको शरीरको माथिल्लो भागको कपडा फुकालेको अवस्थामा शव फेला परेको थियो भने शरीरभर निलडाम र घाउ खत रहेको प्रहरीले जानकारी दिएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.