मधेसी समुदायको माग सम्बोधनमा सरकारले चासो देखाउनुपर्छः कानुनमन्त्री

मधेसी समुदायको माग सम्बोधनमा सरकारले चासो देखाउनुपर्छः कानुनमन्त्री


कानुनमन्त्री यज्ञ बहादुर थापाले मधेसी समुदायको माग सम्बोधनका लागि सरकारले चासो देखाउनुपर्ने बताएका छन्।

रिपोर्टर्स क्लबको साक्षात्कारमा शनिबार बोल्दै मन्त्री थापाले सबै दाजुभाइलाई मिलाएर लैजानुपर्ने अभिभारा घरमूलीको भएजस्तै सरकारले सबै दललाई मिलाएर लैजानुपर्ने बताएका हुन्।

मधेस लगायत असन्तुष्ट राजनीतिक दलहरुको सवाललाई सुन्दै त्यसको उचित सम्बोधन गर्नुपर्ने दायित्व सरकारको भएको बताए। सबैको माग सम्बोधन गर्दै निर्वाचनमा सहभागी गराउने सरकारको प्रयास जारी रहेको उल्लेख गर्दै उनले जसो गर्दापनि प्रक्रियाबाट बाहिर रहन खोज्ने दलका लागि मात्रै निर्वाचन नरोकिने स्पष्ट पारे।

मन्त्री थापाले संघीय संरचनामा मुलुकको पुर्नसंरचना गर्दा ७५ बाट बढेर ७७ जिल्ला हुने जानकारी दिए।

मन्त्री थापाले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्नेगरि सरकारले निर्वाचन आयोग संग परामर्श गरिरहेको जानकारी समेत दिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.