आर्दश र निष्ठाको राजनीति गर्न नेता पौडेलको आग्रह


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता प्राप्तिका लागि नभई स्थापित मूल्य मान्यता र आर्दश अनुरुप पार्टी अघि बढाउनुपर्ने बताए।

शनिबार राजधानीमा आयोजित किसुनजी अध्ययन केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले पार्टीको सिद्धान्त र नेताको आचरण र व्यवहार एउटै हुनुपर्नेमा जोड दिएका हुन्।

पार्टीको सिद्धान्त र आदर्शसँग राजनीतिक नेतृत्वको चरित्र, आचरण र व्यवहार मेल नखाने हो भने विस्तारै पार्टी विखण्डनतर्फ उन्मुख हुने भन्दै उनले सबैलाई आर्दश र निष्ठाको राजनीति गर्न आग्रह गरे।

सत्तामा पुग्न  मात्रै राजनीति गर्दा जनतासँग टाढा होइने भन्दै उनले पार्टीको सिद्धान्त, मुल्य, मान्यता र आर्दशलाई अंगिकार गर्नुपर्नेमा जोड दिए।

पार्टीलाई सर्वोत्कृष्ट बनाउन स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईको आर्दशलाई सधैं आत्मसाथ गर्दै अघि बढ्न पनि उनले आग्रह गरे।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.