वडा नम्बर २० मा १२ सय मत गनिसक्दा देवीको अग्रता जम्मा ७५


हाल गणना भइरहेको भरतपुर महानगरपालिका वडा नम्बर २० को १२ सय मत गनिसक्दा एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता जम्मा ७५ मा झरेको छ।

गनिएका १२०१  मतमध्ये माओवादी-कांग्रेस गठबन्धनकी रेणु दाहालले ५०८ मत र देवीले ३६२ मत पाएका छन्।

अहिलेसम्मको पछिल्लो मत परिणाम अनुसार देवीले कुल ४२ हजार ३ सय ८ र रेणुले ४२ हजार २ सय ३३ मत ल्याएकी छन् ।

वडा नम्बर २० को प्रारम्भिक ‘ट्रेन्ड’ कायम रहे रेणुले जित्ने

के रेणु दाहालले भरतपुर-१९ मा परिणाम उल्ट्याउलिन्?

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.